Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


शेयर बजारमा साताको अन्तिम दिन विहीबार पुनः गिरावट


0
Shares

काठमाडौं, मंसिर १६ । पछिल्ला दुई दिन उच्चदरले उकालो लागेको शेयर बजारमा साताको अन्तिम दिन विहीबार पुनः गिरावट आयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंक बढीले ओरालो लागि १६ सय कायम भएर थामियो ।

बीमा, जलविद्युत्, होटल, वाणिज्य बैंक र वित्त समूह ओरालो लागे । जलविद्युत् समूहमा सबैभन्दा उच्च ४२ अंकको गिरावट आयो ।

होटल समूह ३७ अंकले र बीमा समूह ३६ अंकले ओरालो लागे । वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो । विकास बैंक, उत्पादनमूलक र अन्य समूह भने सामान्य अंकले सकारात्मक रहे । कारोबार भने यस दिन पनि उच्च नै रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३८ कम्पनीको १६ लाख ५० हजार कित्ता शेयर १ अर्ब २१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।