काठमाडौं, मंसिर १६ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको सडक सञ्जाल सुधारका लागि २० अर्ब रुपैयाँ बराबरको ऋण सहयोगको प्रस्ताव पारित गरेको छ ।
एडीबीले नेपालको १ सय ६० किलोमिटरको सडक सञ्जाल सुधारका लागि १८ करोड ६८ लाख अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको जनाएको हो ।
नेपालको आन्तरिक तथा क्षेत्रीय यातायात सेवा विस्तारका लागि यो सहयोग गर्न लागिएको एडीबीले जनाएको छ ।
सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यो योजनाबाट तराई क्षेत्रका ६ लाख ७३ हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्