काठमाडौं, चैत १० । गृह मन्त्रालयले विप्लव समूहको नेकपा र उसका गतिविधिमा सहयोग पुग्नेगरी चन्दालगायत अन्य सहयोग गरे कारबाही हुने चेतावनी दिएको छ ।
प्रवक्ता रामकृष्ण सुवेदीले आज जारी गरेको विज्ञप्तिमा विप्लव समूहको नेकपाको गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न वा सहयोग गर्नेलाई आपराधिक तथा विध्वंसात्मक नियन्त्रण विधेयक अनुसार कारबाही हुने चेतावनी दिइएको छ ।
कोही कसैले त्यस्तो आर्थिक तथा अन्य सहयोग गरेको पाइए सहयोग दिने र लिने दुवैलाई कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा कुनै किसिमको आर्थिक, भौतिक सहयोग एवं त्रास र धम्की तथा प्रलोभनमा नपर्न आग्रह गर्दै यस्तो गरे तत्काल प्रहरीलाई खबर गर्न आग्रहसमेत गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्