७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


पाँचथरमा ट्रक दुर्घटना, चालकको मृत्यु


0
Shares

पाँचथर, मंसिर १८ । मेची राजमार्गअन्तर्गत पाँचथरको भारपा–५ गुराँसेमा शुक्रबार राति ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम–८ लालिखर्कका ३० बर्षिय मनकुमार राई छन् । झापाबाट ताप्लेजुङ जँंदै गरेको मे १ ख १८४९ नम्बरको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक एक जना मात्र रहेका थिए ।