Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


स्थानीयले नै बनाए तावा नदीमा अस्थायी पुल


0
Shares

सिन्धुली, मंसिर १९ । सिन्धुली र उदयपुर जिल्लाको सिमाना भइ बग्ने तावा नदीमा सम्बन्धित निकायले लामो समयसम्म पुल निर्माण गर्न चासो नदेखाएपछि दुधौलीका स्थानीय मिलेर अस्थायी पुल निर्माण गरेका छन् ।

माटो र बालुवाको पुल निर्माण गरी यातायात संचालन गर्न थालिएको छ । उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकामा यातायातका साधनहरु आवत–जावत गर्नका लागि समस्या भएपछि दुधौली नगरपालिकाको आर्थिक सहयोगमा स्थानीयले अस्थायी पुल बनाएका हुन् ।

दुधौली नगरपालिका कार्यालयका कर्मचारी तथा सडक निर्माण गर्ने औजारहरुको सहायतामा करिव एक लाखको लागतमा पुलको निर्माण गरिएको हो ।