Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


नेपाल वायुसेवाको दिल्ली उडान थप


0
Shares

काठमाडौं, मंसिर १९ । नेपाल वायुसेवा निगमले दिल्ली उडान थप गर्ने भएको छ ।

निगमले डिसेम्बर २० अर्थात् पुष ५ गते देखि दिल्लीमा दैनिक दुई उडान गर्ने भएको हो । हाल हप्ताको ११ उडान गर्दै आएकोमा अर्को ३ उडान थप गरी १४ पुर्‍याइन लागेको निगमले जनाएको छ ।

बजारको मागका साथै पर्यटन व्यवसायीहरुको आग्रहका कारण उडान थप गरिएको निगमको भनाइ छ ।