काठमाडौं, मंसिर १९ । विश्वका सबैभन्दा ठूला जीवन बीमा कम्पनीहरु मध्येको एक मेटलाइफले नेपालमा आफ्नो स्थापनाको १५ वर्ष पुरा गरेको छ ।
संयुक्त राज्य अमेरिकामा स्थापित कम्पनीको शाखा कार्यलयको रुपमा मेटलाइफ सन् २००१, डिसेम्बर ५ देखि नेपालमा सञ्चालन भइरहेको छ ।
मेटलाइफ, नेपालमा संचालित एकमात्र बहुराष्ट्रीय जीवन बीमा कम्पनी हो । यसले जीवन, दुर्घटना, स्वास्थ्य, कर्जा र कर्मचारी सामुहिक लगायत विभिन्न प्रकारका बीमा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्