काठमाडौं, मंसिर २० । सुनको मूल्य ओरालो लाग्नेक्रम सोमबार पनि जारी रह्यो ।
स्थानीय बजारमा सुनको भाउ तोलाको ५४ हजार रुपैयाँभन्दा तल ओर्लिएको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सोमबार स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा २ सय रुपैयाँले ओरालो लागेर तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ गत विहीबारदेखि तोलाको ५४ हजार रुपैयाँमा स्थीर रहेको थियो ।
चाँदीको मूल्य भने सोमबार पनि तोलाको ७ सय ८५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स ११ सय ६६ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्