काठमाडौं, मंसिर २१ । पछिल्ला दिन निरन्तर वियरिस ट्रेन्डमा रहँदै आएको शेयर बजार मंगलबार भने हरियो हुन पुग्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से झन्डै १० अंक बराबरले सकारात्मक रहेर १५ सय ५४ कायम भएर थामियो ।
जलविद्युत्बाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहे । बीमा समूहमा सबैभन्दा उच्च १ सय ७७ अंकको बृद्धि आयो । होटल समूह पनि ५२ अंकले उकालो लाग्यो । अरु समूह भने सामान्य अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको ९ लाख ४० हजार कित्ता शेयर ७७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्