काठमाडौं, मंसिर २१ । सुनको भाउ घट्नेक्रम मंगलबार पनि जारी रह्यो । चाँदीको भने बढ्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य सोमबार पनि तोलामा २ सय रुपैयाँले ओरालो लागेर तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने ५ रुपैयाँले उकालो लागेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस ११ सय ७२ डलर हाराहारीमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्