Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


‘नेपाल बनाउन नेपाली निर्माण व्यवसायीहरु सक्षम’


0
Shares

काठमाडौं, मंसिर २२ । नेपाल निर्माण व्यवसायीहरुले नयाँ नेपाल बनाउन सहयोग गर्ने गरी व्यवसायमैत्री नीति–नियम बनाउन आग्रह गरेका छन् ।

नवौं निर्माण दिवस एवं नेपाल निर्माण व्यवसायी महासंघको रजतजयन्तीका अवसरमा आयोजित कार्यक्रममा व्यवसायमैत्री कानुनमा जोड दिइएको हो ।

महासंघले बुधबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष शरदकुमार गौचनले ‘नेपाल बनाउन नेपाली निर्माण व्यवसायीहरु सक्षम रहेको’ बताए ।

उनले राज्यले व्यवसायीमैत्री कानुन बनाइ सहयोग गर्नुपर्ने बताए ।

महासंघले महासंघ स्थापनामा योगदान पुर्‍याउने निर्माण व्यवसायीहरुलाई सम्मान पनि गरेको छ ।

यस्तै, बुधबारै आयोजित एक कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले निर्माण व्यवसायीहरुले सरकारसमक्ष पेस गरेको व्यवसायीमैत्री ऐन–कानुन बनाउन सरोकारवालाहरुबीच छलफल भइरहेको बताएका छन् ।

ती ऐन–कानुनका विविध पाटोलाई आफूले नजिकैबाट नियालिरहेको उनको भनाइ थियो ।

मन्त्री महराले व्यवसायीहरुका मागको कदर हुनुपर्ने पक्षमा आफू रहेको बताएको महासंघले जनाएको छ ।