Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्छ : सभापति देउवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्ने बताएका छन् ।

शंकरदेव क्याम्पसले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले राजनीतिक दलदेखि घर र व्यवसाय चलाउन कुशल व्यवस्थापक चाहिने भन्दै नेपालमा धेरै त्यस्ता व्यवस्थापकहरु आवश्यक परेको बताएका हुन् ।

उनले नेपालमा व्यवस्थापन संकायको विश्वविद्यालय नै आवश्यक रहेकोमा जोड दिए ।

कुशल व्यवस्थापक नहुँदा पार्टी डुब्ने, व्यवसाय डुब्ने भएकाले उनीहरुको भूमिका हरेक क्षेत्रमा महत्वपूर्ण हुने उनको भनाइ थियो ।

पछिल्लो समयमा नेपालको शैक्षिक प्रणाली खस्कँदै गएको भन्दै सभापति देउवाले गुणस्तरीय शिक्षा विना केही सम्भव नहुने पनि बताए ।

उनले व्यवस्थापन संकायतर्फ विश्वविद्यालयको विषयमा पार्टीले छलफल गरी निर्णय लिने जानकारी दिए ।