Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


हेलिकप्टरबाट डोजर लगेर किमाथांका नाकासम्म सडक विस्तार गरिदैं


0
Shares

संखुवासभा, मंसिर २३ । संखुवासभाको किमाथांका नाकासम्म सडक विस्तारलाई तिव्रता दिन हेलिकप्टरबाट डोजर लगिएको छ ।

उत्तर–दक्षिण कोशी सडक अन्तर्गत किमाथांका नाकासम्म दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्न डोजर लगिएको हो । सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको २ वटा डोजर र २ ट्याक्टर संखुवासभाको नुमबाट हटिया गाउँमा झारिएको हो ।

उत्तर–दक्षिण कोशी सडक कार्यालयका योजना प्रमुख पशुपति ज्ञवालीले तत्कालै काम शुरु गर्ने बताए । उनले संखुवासभाको हटिया पेजुङ खोलादेखि चेपुवाको हाङदाक खोलासम्मको १४ किलोमिटर सडक गजुरमुखी निर्माण सेवाले बनाउने बताए ।

हटियासम्म ट्रयाक ओपन नभएकाले बीचको खण्ड निर्माणका लागि हेलिकप्टरबाट डोजर लगिएको हो । किमाथांकासम्म सडक बिस्तारको काम दुई वर्षभित्र सम्पन्न हुने बताइएको छ ।

करिब ५० करोड रुपैयाँको लागतमा सडक बनाउन लागिएको हो ।