Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


नेपाल पर्वतीय पर्यटनमा विश्वकै नमुना, उपलब्धी न्यून(भिडियो)


0
Shares

-शंकर खनाल, ईमेज

काठमाडौं, मंसिर २३ । पर्वतीय पर्यटनको दृष्टिकोणले नेपाल विश्वमै नमूनाको रुपमा रहे पनि उचित प्रचार प्रसार हुन नसक्दा आशातित उपलब्धि हुन सकेको छैन ।

पर्वतीय पर्यटनको प्रवर्धन, विकास र संरक्षणका लागि धेरै काम गरिए पनि अपेक्षित प्रतिफल हासिल हुन सकेको छैन । तर पछिल्लो समय अयोजना हुने महोत्सव, पदयात्रा र कार्यक्रमले पर्यटन क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्‍याएका छन् ।