सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनमत संग्रहको कुरा निकालेर प्रजातन्त्रलाई कमजोर बनाउन नहुने बताएका छन् ।
नेपाल प्रेस युनियनले आज सिन्धुलीमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको अवस्थामा कांग्रेसले कुनै पनि विषयमा जनमत संग्रहको कुरा गर्न नहुने बताएका हुन् ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले धर्मका विषयमा जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका बेला वरिष्ठ नेता पौडेलले भने जनमत संग्रहको कुरा अनावश्यक भएको बताएका हुन् । उनले जनमत संग्रहको बहानामा प्रजातन्त्रलाई कमजोर पार्न नहुने उनको भनाइ थियो ।
वरिष्ठ नेता पौडेलले नेत्रविक्रम चन्द समूहले संचालन गरिरहेका गतिविधि ठीक नभएको बताए ।
चन्द समूहका गतिविधि नियन्त्रण गर्न र समस्या समाधान गर्न सरकारले वार्तालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
संसद्मा आफ्नो पार्टीलेसमेत प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्दै उनले पद र प्रतिष्ठा नखोजि पार्टी जोगाउनेतर्फ लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।









प्रतिक्रिया दिनुहोस्