Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


महिला स्वयंसेविकालाई न्यानो पोशाक वितरण


0
Shares

रसुवा, मंसिर २४ । रसुवामा जाडो बढेसँगै महिला स्वयंसेविकालाई गाउँगाउँमा गएर काम गर्न कठिन भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय रसुवाले न्यानो पोशाक वितरण गरेको छ ।

आफ्नो जातजाति, भेषभूषा तथा हिमाली हावापानीमा सुहाउँदो पोशाकले मात्र काम गर्न सहज हुने भन्दै कार्यालयमा स्वयंसेविकाहरुबाट गुनासा आएपछि पोशाक वितरण गरिएको हो ।

सरकारले उपलब्ध गराउँदै आएको पोशाक रंगलाई यथावत् राख्दै हिमाली हावापानी र तामाङ जात जाति, भेषभूषा तथा संस्कृतिमा आधारित न्यानो कपडा वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. विवेक लालले बताए ।

सदरमुकाम धुन्चेभन्दा माथिल्लो क्षेत्रका ६ गाविसमा काम गर्दै आएका ५४ जना स्वयंसेविकालाई प्रोत्साहन स्वरुप पहिलो पटक न्यानो पोशाक वितरण गरिएको हो ।