Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


तोरी खेती फस्टायो, स्थानीय किसान खुशी


0
Shares

सिन्धुली, मंसिर २४ । सिन्धुलीमा यस वर्ष तोरी खेती फस्टाएको छ । कमलाखोच क्षेत्रका रानीबास, हत्पते, निपाने, सिर्थौली, हर्षाही, टांडी, दुधौलीलगायत स्थानमा लगाइएको तोरी खेती फस्टाएको हो ।

किसानले २८ हजार हेक्टरमा व्यवसायिक तोरी खेती गरेका छन् । तेलहन बालीमा पर्ने तोरी सिन्धुलीको कमलाखोच र मरिणखोला क्षेत्रमा हिउँदको समयमा अत्याधिक उत्पादन हुने गरेको छ ।

कमलाखोचमा रैची र ठूलो तोरीको खेती हुने गरेको छ । यहाँ उत्पादित तोरी धनुषा, महोत्तरी, सिरहासम्म बिक्री हुने गरेको छ ।

अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैंले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलको रुपमा प्रयोग गर्न पाईने भएकाले किसानहरु तोरी खेतीप्रति आकर्षित हुँदै गएका हुन् ।