Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि सरकार कडा रुपमा प्रस्तुत हुने


0
Shares

                                                                           तस्वीर : रासस

काठमाडौं, मंसिर २४ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरेगरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।

उनले भ्रष्टाचार उन्मूलनका लागि अधिकार प्राप्त कुनै पनि निकाय पर्याप्त नहुने बताउँदै यसका लागि सबैको संयुक्त प्रयास अपरिहार्य रहने बताए ।

प्रधानमन्त्री दाहालले आफुलाई राज्यभन्दा पनि माथि ठान्ने प्रवृत्तिको अन्त्य गरी आपसी समन्वय र समझदारीबाट मात्र भ्रष्टाचार मुक्त समाजको निर्माणमा सहयोग पुग्ने बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यकारी प्रमुख आयुक्त दिप बस्न्यातले राज्यले जबसम्म भ्रष्टाचारलाई निर्मम रुपमा प्रहार गर्ने लक्ष्य लिँदैन, तबसम्म सुन्य भ्रष्टाचार अभियान सफल हुनेमा आशंका ब्यक्त गरे ।

दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग भएकाले यसविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र, नागरिक समाजलाई आग्रह गरेका छन् ।