-कविराज घिमिरे, ईमेज
धनकुटा, मंसिर २५ । धनकुटाका सुन्तला कृषकलाई यतिबेला सुन्तला उत्पादन बिक्री गर्न भ्याई नभ्याई छ । आशा गरिए अनुरुपकै उत्पादन र मूल्य पाएपछि सुन्तला उत्पादक कृषक उत्साहित बनेका हुन् ।
निकै रसिलो र गुलियो सुन्तला उत्पादन हुने क्षेत्रका रुपमा चिनिने खोकुमा भने छिर्काबस्ने रोगले सताएपछि कृषक चिन्तित बनेका छन् ।
उमेरले छ दशक काटेका धनकुटाको मौन बुधुक–४ का सुरेन्द्र चेम्जोङ्गको सुन्तला खेति प्रतिको झुकाव अहिले पनि उत्तिकै छ ।
करीब चार दशक अघिवाट सुरु गरिएको सुन्तला खेती हाल पचास रोपनी क्षेत्रफलमा रहेको छ ।
सुन्तला खेतीमा जिल्लामै उत्कृष्ट ठहरिएका चेम्जोङ्गले बार्षिक १५ लाख रुपैयांको हाराहारीमा सुन्तला बिक्री गर्ने गरेका छन् । सम्पूर्ण खर्च कटाएर बार्षिक १२ लाख रुपैयांसम्म आम्दानी गर्ने गरेको चेम्जोङ्ग बताउँछन् ।
यता सुन्तला खेतीबाटै मनग्गे आम्दानी हुने भएपछि आठ बर्ष अघि बिदेशवाट फर्किएका चेम्जोङ्गका कान्छा छोरा हर्क चेम्जोङ्ग पनि सुन्तला खेती तर्फ लागेका छन् ।
बिदेशमा दुःख गर्नु भन्दा यहि परिवारमै बसेर पेसा अंगाल्दा धेरै सहज हुने उनको बुझाई छ ।





प्रतिक्रिया दिनुहोस्