Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


जन्ती बोकेको बस र कार ठोक्किँदा चार जनाको मृत्यु


0
Shares

बारा, मंसिर २५ । बाराको आधाभारमा बस र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

हेटौंडातर्फ जन्ती लिएर गएको ना ६ ख ६७५४ नम्बरको बस र पथलैयातर्फ आउँदै गरेको बा १२ च ८२९० नम्बरको कार आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा कार चालक खोटाङ–८ रामधनीका दिपक थापा, सोही स्थानका महेन्द्र आले, कुमारी थापा र उनका ११ महिनाका छोरो जेनीस आले रहेकोे ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटनामा बसमा सवार केही जन्ती सामान्य घाइते भएका छन् । अत्याधिक गतिका कारण कार अनियन्त्रित भई बसमा ठोक्किए पछि दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।