Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


काभ्रेमा टाटसुमो र टिपर ठोक्कियो, २ जनाको घटनास्थलमै मृत्यु


0
Shares

काभ्रे, मंसिर २६ । काभ्रेको नासिकास्थान–१ भैंसेपाटीमा भएको सवारी दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

झापाको दमकबाट काठमाडौं आउँदै गरेको मे. १ ज. २१९१ नम्बरको टाटासुमो र विपरित दिशाबाट आइरहेको बा. ४ ख ३५५६ नम्बरको टिपर आपसमा ठोक्किंदा मोरङको मधुमल्लाका मदन श्रेष्ठ र पहिचान नखुलेका अर्का एकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक भने फरार छन् ।