धनकुटा, मंसिर २६ । जग्गा विवादका कारण धनकुटामा बनाउन लागिएको औद्योगिक ग्राम अन्योलमा परेको छ ।
धनकुटा नगरपालिका–३ आत्मारामास्थित औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ६४ रोपनी खाली जग्गामा औद्योगिक ग्राम बनाउने प्रस्ताव गरिए पनि जग्गाको स्वामित्व हस्तान्तरण नहुँदा अन्योल बढेको हो ।
सो स्थानमा औद्योगिक ग्राम स्थापना गर्न औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडको स्वामित्वमा रहेको जग्गा घरेलु उद्योगको स्वामित्वमा आउनुपर्ने हुन्छ ।
तर हालसम्म स्वामित्व हस्तान्तरण हुन नसकेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाले जनाएको छ ।
गत वर्षको बजेटमा एक निर्वाचन क्षेत्र ‘एक औद्योगिक ग्राम’को नीति पारित भएपछि धनकुटाका लागि चालु आर्थिक वर्षका लागि ३ करोड रुपैयाँ बजेट स्वीकृत भएको थियो ।
पहिलो चौमासिकमा निकासा भएको १ करोड रुपैयाँको कुनै पनि काम अघि बढ्न सकेको छैन ।





प्रतिक्रिया दिनुहोस्