Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


हिमाल–पहाडहरुलाई जोगाइ वातावरणीय सन्तुलन कायम गर्न ध्यानाकर्षण


0
Shares

काठमाडौं, मंसिर २६ । आज (आइतबार) अन्तर्राष्ट्रिय पर्वतारोहण दिवस । ‘हिमाली पहिचान र जागरण’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यसै अवसरमा हिमाली समुदाय जलवायु मैत्री संगठनले आइतबार चेतनामूलक कार्यक्रमको आयोजना गर्‍यो ।

माइतीघर मन्डलामा आयोजित कार्यक्रममा वातावरण संरक्षणसम्बन्धी विभिन्न संघ–संस्थालगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नेपालको विविधता र पहिचान बनाउने हिमाल एवं पहाडहरुलाई जोगाइ वातावरणीय सन्तुलन कायम गर्न सहभागीहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गरेका थिए ।

संयुक्त राष्ट्रसंघले सन् २००३ देखि अन्तर्राष्ट्रियरुपमा यो दिवस मनाउँदै आइरहेको छ ।