Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


गुल्मी बन्द १२औं दिनमाः मनावसाङ्लो बनाइ सरकारी कार्यालय घेराबन्दी


0
Shares

तारा भुसाल (इमेज)

गुल्मी, मंसिर २६ । संविधान संशोधन प्रस्तावको विरोधमा सुरु भएको प्रदर्शन आइतबार पनि विभिन्न जिल्लामा कायमै छ ।

प्रदेश नम्बर–५ बाट पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा आइतबार १२औं दिन पनि गुल्मी जिल्ला बन्द गरिएको छ ।

लगातारको बन्दका कारण जिल्लाको जनजीवन कस्टकर बनेको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिकसंस्था यातायात, बजार, उद्योग तथा कलकारखाना ठप्प हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

बन्दको अवज्ञा गरेको भन्दै गुल्मीको अर्खलेमा दुईओटा गाडीमा तोडफोड भएको छ । बन्दकर्ताले अर्खलेमा मोटरसाइकल, जिपमा तोडफोड गरेका हुन् ।

यस्तै, बन्दकर्ताले तम्घासका विभिन्न ठाउँमा र अर्खलेमा गरी १५ ओटा सवारी–साधन नियन्त्रणमा लिएका छन् ।

यसैबीच, आन्दोलनकारीहरुले सरकारलाई खबरदारी गर्दै आइतबार सदरमुकाम तम्घासस्थित जिल्ला प्रशासन कार्यालयबाहिर मानवसाङ्लो बनाइ घेराबन्दी गरेका छन् ।

संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दको कार्यक्रम यथावत् राख्दै धर्ना र प्रदर्शनलाई अझ सशक्त बनाउँदै लैजाने संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जनाएको छ ।