काठमाडौं, चैत ८ । विस्तृत् शान्ति–सम्झौताले समेटेका विषयहरुको पूर्ण कार्यान्वयन नभए मुलुकमा फेरि द्वन्द्व बढ्नसक्ने द्वन्द्वपीडितहरुले बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले शान्ति–सम्झौताको उद्देश्य सेना समायोजन र हतियार व्यवस्थापनमात्र नभइ द्वन्द्वपीडितहरुलाई पनि न्याय दिनुपर्ने भएको बताए ।
सम्झौता भएको १२ वर्ष बितिसक्दासमेत एकजनालाई पनि कारबाही गर्न नसकेको उनीहरुको गुनासो थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पीडितहरुलाई न्याय दिलाउने विषयमा गम्भीर हुनुपर्ने बताए ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले चन्दलाई झन् शक्तिशाली देखाएको खतिवडाको भनाइ थियो ।
कार्यक्रमका सहभागीहरुले कानुन र स्रोतको अभावमा सत्यनिरुपण तथा बेपत्ता नागरिक छानबिन आयोगले काम गर्न नसकेको भन्दै अब बन्ने आयोगमा विज्ञहरुलाई पनि समावेश गर्नुपर्नेमा जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्