Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


हिमानी ट्रस्टले गोरखामा विद्यालय भवन बनाउने


0
Shares

गोरखा, मंसिर २६ । भूकम्पले भत्काएको गोरखाको पालुङटारस्थित भवानी माध्यामिक विद्यालयको भवन हिमानी ट्रस्ट नेपालले पुनःनिर्माण गर्ने भएको छ ।

पूर्वयुवराज्ञी हिमानी शाहले एक कार्यक्रमबीच १६ कोठे विद्यालय भवनको शिलान्याससमेत गरेकी छन् ।

दुई करोड ९७ लाख रुपैयाँमा भवन बनाउने सम्झौता भइसकेको विद्यालयले जनाएको छ ।

भूकम्पले भत्काएको विद्यालय भवन जापानको बुद्धिस्ट एसोसिएसनका अध्यक्ष जुडुसुुकोको सहयोगमा पुनःनिर्माण गर्न लागिएको ट्रस्टले जनाएको छ ।

शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत पनि सहभागी थिए ।

भूकम्पले विद्यालय भवन भत्काएपछि विद्यार्थीहरुको पठनपाठन अस्थायी टहरामा हुँदै आएको छ ।