Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


नेपालकी पुष्पा बस्नेतले जितिन सिएनएन ‘सुपर हिरो’अवार्ड(भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, मंसिर २७ । नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जितेकी छिन् । अमेरिकी टेलिभिजन सिएनएनले प्रदान गरेको यस अवार्ड पुष्पाले जितेकी हुन् ।

‘सिएनएन हिरो’ अवार्ड प्रदान गर्न थालेको दश वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरिएको हो ।

नेपालकी बस्नेतले यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै सुपर हिरो अवार्ड जितेकी हुन् । 

सिएनएन सुपर हिरोका लागि नेपालकी बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए ।

कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा सिएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो ।

बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम सुपर हिरोको मनोनयनमा परेका थिए ।

सिएनएनले सोमबार विहान एक विशेष कार्यक्रमबीच बस्नेतलाई सुपर हिरो घोषित गरेको हो ।