जनकपुर, मंसिर २७ । मंसिर लागेपछि तराईमा सुरु भएको चिसोले अहिले आइपुग्दा भित्री तराईका जिल्लाहरुमा पनि शीतलहरले च्यापेको छ ।
शीतलहरसँगै तराई भेगको जनजीवन पूर्ण रुपमा प्रभावित बनेको छ । बिहान र बेलुकाको समयमा शीतलहर र चिसो कुहिरोले धनुषासहित महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, रौतहट लगायतका जिल्लाको जनजीवन कष्टकर बन्न थालेको छ ।
जिल्ला शिक्षा कार्यालय धनुषाले मौसममा सुधार नआएसम्मका लागि जिल्लाका सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
बाक्लो हुस्सु र चिसो हावासँगै चलिरहेको शीतलहरका कारण सडकहरुमा मानिसको चहलपहलमा निकै कमी आएको छ ।
चिसोका कारण यस क्षेत्रका मानिसहरुमा रुघाखोकी, निमुनिया जस्ता रोग देखिन थालेको छ । सडकमा सवारी साधन आवत जावतमै समस्या देखिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्