-कविराज घिमिरे, ईमेज
धनकुटा, मंसिर २७ । पानीमा खेलिने र्याफ्टिङ खेलका लागि धनकुटास्थित तमोर नदी आकर्षक गन्तब्य बन्दै गएको छ ।
र्याफ्टिङका लागि नेपालकै तेस्रो उत्कृष्ट गन्तब्य भएकाले पनि यतिबेला पूर्वको तमोर नदीमा यो साहसिक खेल फस्टाउँदै गएको हो । र्याफ्टिङको आर्कषण बढेसंगै तमोर नदीमा नयाँ र्याफ्टिङ कम्पनी खोलिएको छ ।
गत बर्ष सम्म अन्य र्याफ्टिङ कम्पनीमा कायकको रुपमा काम गदै आएका जिवन सिलुवाल सेतुुुु ले अहिले आफ्नै नयाँ कम्पनी सञ्चालन गरी तमोर नदीमा र्याफ्टिङ गराउन सुरु गरेका छन् ।
त्रिसुली, मस्र्याङदी र भोटेकोशी लगायतका बिभिन्न नदीमा र्याफ्टिङ गराई सकेका सेतुले करिब १५ लाख रुपैयाँको लगानीमा सुरु गरेका हुन् ।
र्याफ्टिङको लागि अन्य नदीलाई भन्दा तमोर नदीलाई पर्यटकले बढि रुचाउने गरेकोले गर्दा पनि तमोर नदीमा र्याफ्टिङ खेल्नेको लागी रुचाइने ठाउँ भएको छ ।
पानीमै खेलिने अर्को साहसिक खेल क्यानोइनिङको नमस्ते झरनामा सम्भावना राम्रो भएकाले आफुले धनकुटामा पानीका साहसिक खेलहरु खेलाउन नयाँ कम्पनी सुरु गरेको सेतु वताउंछन् ।
यो संगै तमोर नदीमा र्याफ्टिङ गराउने कम्पनीको संख्या तीन पुगेको छ । तीन बर्ष अघिसम्म एक कम्पनीले र्याफ्टिङ गराउदा र्याफ्टिङ गर्ने पर्यटकहरु पाउन निकै मुस्कील पर्ने गरेकोमा अहिने भने पर्याप्त पाउने गरेको छ ।
धनकुटाको मुलघाट देखि सुनसरीको चतराघाट सम्मको ३४ किलोमिटरको यो यात्रा नेपालकै छोटो र रमाइलो हुने गरेको छ ।
पानी संग खेल्न पाइने, नदिका बिभिन्न रुप देख्न पाईने जोखिम कम र रमाईलो बढि हुने भएकाले र्याफ्टिङ गर्नका लागि तमोर नदिलाई रोज्ने गरिएको पर्यटक वताउछन् ।









प्रतिक्रिया दिनुहोस्