Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


‘आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयन भएन’


0
Shares

काठमाडौं, मंसिर २७ । आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयन हुन नसकेको गुनासो सरोकारवालाहरुले गरेका छन् ।

महिला, कानुन र विकास मन्चले सोमबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले संविधानमै व्यवस्था भएपनि ऐन, कानुन नबनेका कारण आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयनमा आउन नसकेको बताए ।

कार्यक्रममा मकवानपुरकी सुकुमाया लामाले आफू १२ वर्षको उमेरमा भारतका बेचिएको र भारतमा विवाह भइ उतै बसेको तर श्रीमान्को मृत्युपछि नेपाल आएपनि आफ्नो र दुई सन्तानकोसमेत जन्मदर्ता हुन नसकेको गुनासो गरिन् ।

कार्यक्रममा विदेशी बाबु र नेपाली आमाका सन्तानहरुलेसमेत नागरिकता नपाएको गुनासो गरेका थिए ।