२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मधुवनको मानवबस्तीमा जंगलीहात्ती, चार घर भत्कायो


0
Shares

सुनसरी, मंसिर २८ । सुनसरीको मधुवन गाउँ विकास समितिमा जंगलीहात्तीले स्थानीयका चार घर भत्काएको छ ।

मंगलबार कोसीटप्पु वन्यजन्तु आरक्ष हुँदै मधुवनको मानवबस्ती प्रवेश गरेका जंगलीहात्तीले स्थानीय मधुवन–१ का रन्जित ठाकुर, कपिलदेव मण्डल, विश्वनाथ मण्डल र राजेन्द्र मण्डलको घर भत्काएको हो । हात्तीले घर भत्काइदिपछि चारै परिवारको बिजोग भएको छ ।

हात्तीले घरका लत्ताकपडा, भाडा भाडावर्तन र अन्नपातसमेत फालिदिएको छ ।

हात्तीले घर भत्काएर बिल्लीबाठ बनाएको भन्दै पीडितहरुले उचित क्षतिपूर्ति दिलाइदिन सरकारसँग माग गरेका छन् ।