१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रामेछापको खाँडादेवी चोप्राङमा ट्रिपर दुर्घटना, चार जनाको मृत्यु


0
Shares

रामेछाप, मंसिर २९ । रामेछापमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । खाँडादेवी गाविस वडा नम्बर १ चोप्राङमा ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

बा २ ख ६८८८ नम्बरको खाली ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

रामेछाप गाल्वाबाट चोप्राङतर्फ आउँदै गरेको ट्रिपर ब्याक गर्ने क्रममा बाटोबाट २५० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक तातोपानीका चालक कुमार विक, गाडीमा रहेका सिन्धुलीका रुपेस भण्डारी, सर्लाहीका विकास पौडेल र ललीलपुर धापागाउँका किरण डाँगी रहेको प्रहरी नायव उपरीक्षक प्रेम जोशीले जानकारी दिए ।