२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै


0
Shares

डडेल्धुरा, पुस १ । डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।

कम उमेरमा विवाह गर्ने, वैदेशिक रोजगारी, गोप्य बहुविवाह, पारिवारिक समस्या, घरेलु हिंसा, प्रविधिको गलत प्रयोगलगायतका कारण डडेल्धुरामा पछिल्लो समयमा सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएका हुन् ।

जिल्ला अदालतमा यस्ता धेरै विवाद पुग्ने गरेका छन् । डडेल्धुरा जिल्ला अदालतको तथ्यांकअनुसार मंसिर मसान्तसम्म अदालतमा दर्ता भएका ६७ मुद्दामध्ये सम्बन्ध विच्छेदका १८, जग्गा र अंशसम्बन्धी ११, जबर्जस्तीकरणीसँग सम्बन्धित ३ वटा छन् । तीमध्ये २७ वटा फैसला भइसकेको र ४० वटा फर्छ्यौटको प्रकृयामा रहेको जिल्ला अदालतले जनाएको छ ।

बढ्दो शहरीकरण र असीमित आकांक्षाका कारण पारिवारिक समस्या बढ्दै जाँदा वैवाहिक जीवन टुट्ने घटना बढ्न थालेको सरोकारवालाहरु बताउँछन् ।