 
	    ताप्लेजुङ, पुस ३ । ताजा तरकारीको माग बढेपछि ताप्लेजुङ सदरमुकाम नजिकका बासिन्दाहरु व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् ।
सदरमुकाममा होटल व्यवसाय र बजार विस्तार भएपछि सीमावर्ती हाङ्देवा गाविसका कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका हुन् ।
बिक्रीका लागि बजार पाएपछि कृषक तरकारी खेती गरेरै आफ्नो आर्थिकस्तर सुधार्न सक्षम भएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार कृषकहरु बन्दागोभी, साग, टमाटर जस्ता खेतीमा लागेका छन् ।
सडक सुविधाले उनीहरुलाई झन् हौस्याएको छ । तरकारी बेचेरै मासिक बीस हजारसम्म आम्दानी भइरहेको कृषकले बताएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्