२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


उचित लागत दिन दुग्ध किसानको माग


0
Shares

काठमाडौं, पुस ३ । दूध उत्पादक किसानहरुले उचित लागत दिन माग गर्दै दुग्ध विकास संस्थानलाई ज्ञापनपत्र बुझाएका छन् ।

किसानबाट खरिद गरेको मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गर्ने गरेको भन्दै किसानहरुले संस्थानले उपभोक्ता ठगिरहेको आरोप पनि लगाएका छन् ।

उनीहरुले संस्थानले किसानसँग प्रतिलिटर ३४ रुपैयाँभन्दा कम मूल्यमा दूध खरिद गर्ने र यसको दोब्बर मूल्यमा बेच्ने गरेको बताए ।

पाउडर दूध खरिद गरेर संस्थान आफैं ‘मिल्क होलिडे’ गर्न लागेको आरोप पनि किसानहरुले लगाएका छन् ।

उनीहरुले उत्पादन प्रोत्साहन अनुदान नियमित गर्न, किसानलाई उत्पादन लागत घटाउने आधार बनाउन, दूध बिक्री र खरिदको असमानता खारेज गर्न पनि माग गरेका छन् ।

आफूहरुको माग सम्बोधन नभए जस्तोजुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी किसानहरुले दिएका छन् ।