
यहाँ उत्पादित बीउ नेपालका पूर्वी जिल्ला झापा, चितवन, काठमाडौं र नेपालगन्ज निर्यात गर्ने गरिएको छ ।
डडेल्धुराको भागेश्वर, अजयमेरु, आलिताल, कोटेली, मष्ठमाडौं, चिपुर गाविस तथा अमरगढी नगरपालिकाकामा मकैको व्यवसायिक बीउ खेतीबाट किसानले मनग्ये आम्दानी गर्न सफल भएका छन् ।
डडेल्धुरा कृषक सहकारी संस्था लि. को सहयोगमा उत्पादनलाई पनि बजारीकरण गर्ने सुविधा भएपछि जिल्लाका करिब २२ वटा समूहमा आवद्ध ५ सय ५० किसान उत्साहित भएर बीउ उत्पादनमा लागेका हुन् ।
डडेल्धुरामात्र नभई सुदूरपश्चिमका ६ पहाडी जिल्लामा अरुण २ मकै, सिमी, केराउ, मूला, रायो, चम्सुरलगायतका नगदे बालीको बीउ उत्पादनमा लागेपछि कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
डडेल्धुराबाट गतवर्ष १ करोड ३ लाखको बीउ निर्यात भएको थियो भने चालु आर्थिक वर्षमा १ करोड २५ लाखको बीउ निर्यात हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्