२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


वीरगन्ज भन्सारको राजश्व असुली बढ्यो


0
Shares

चालु आर्थिक वर्ष २०७३/०७४ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा यस कार्यालयले लक्ष्यभन्दा ८.९८ प्रतिशतले बढि अर्थात् ४७ अर्ब ३४ करोड ४८ लाख १४ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

वीरगन्ज भन्सार नाकाबाट भन्सार विभागले ४३ अर्ब ४४ करोड ४९ लाख २६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य दिएकोमा भन्सार कार्यालयले बढी रकम असुल गरेको हो ।

भन्सार महशुलतर्फ १९ अर्ब ९ करोड ९७ लाख ७६ हजार, मूल्य अभिवृद्धि करतर्फ १६ अर्ब ५० करोड ५७ लाख ११ हजार र अन्तःशुल्कतर्फ ९ अर्ब ८६ करोड ८३ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरिएको कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

वीरगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७२/०७३ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा भने लक्ष्यको ४६ प्रतिशत अर्थात १४ अर्ब ४० करोड ३७ लाख ३७ हजार रुपैयाँमात्र राजश्व संकलन गरेको थियो ।

गत वर्षको मधेस आन्दोलनको कारण यस नाकाबाट न्यून मात्रै कारोबार हुँदा भन्सार असुलीमा पनि असर परेको थियो ।