
होटल एसोसिएसन भेडेटारको आयोजनामा आउँदो पुस १६, १७ र १८ गते गरी तीन दिनसम्म खाना महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरु प्रर्दशनीमा राखिने आयोजकले जनाएको छ ।
आगन्तुकहरुलाई पाराग्लाइडिङ, माउन्टेन वाइक र टुर प्याकेजको व्यवस्था साथै भेडेटार गाविसभित्र रहेको साँगुरी यक गदी, पाथीभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिरलगायतका ठाउँमा घुमाइने व्यवस्था गरिने होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्