२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


साहसिक खेल र पर्यटन लक्षित सम्मेलन हुने


0
Shares

हाउस अफ राजकर्णिकारको आयोजनामा आगामी चैत १८ देखि २० गतेसम्म ग्लोबल एड्भेन्चर एन्ड माउन्टेनरिङ कन्फ्रेन्स एन्ड एक्सो गर्न लागिएको जनाइएको हो ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलन र मेलाबारे विस्तृत् जानकारी गराइएको हो ।

सम्मेलन साहसिक खेल, साहजिक पर्यटन र वातावरणसम्बन्धी विषयमा केन्द्रित हुने जनाइएको छ ।

स्वदेशी एवं विदेशी गरी २ सयजनाको सहभागिता हुने अपेक्षा गरिएको सम्मेलनमा हिमाल रेस, हिमालयन कायक रेस, फेवा पाराग्लाइडिङलगायतका साहसिक खेल गतिविधि पनि हुने जनाइएको छ ।