
कम्पनीले विहीबार राजधानीमा गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नायक शिव श्रेष्ठलगायतले बिस्कुटको बजार प्रवेश गराए ।
विक्रम संवत् २०२१ सालमा स्थापित नेबिको कम्पनीको यो ४८औं उत्पादन हो ।
बिस्कुटमा बदाम, जौलगायतका खाद्यान्न समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत होमनाथ न्यौपानेले बताए ।
बिस्कुटको बजार मूल्य २० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्