
फाइनान्सको पुनः कारोबारको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले समस्याग्रस्त घोषित वित्तीय संस्था पुनः कारोबारमा फर्कनेक्रममा रहेको बताए ।
यसले नेपालको वित्तीय क्षेत्र राम्रो हुँदै गएको सन्देश जाने उनको भनाइ थियो ।
पाँच वर्षदेखि समस्याग्रस्त भइ थन्किएका ११ ओटा वित्तीय संस्था क्रमशः पुनः सन्चालन गर्ने चरणमा रहेको उनले बताए ।
समस्याग्रस्त संस्था खरिद गर्न धेरै लगानीकर्ता आइरहेको भन्दै गभर्नर नेपालले ८ ओटा संस्था पुनः सन्चालन गर्न सहमति दिइसकेको जानकारी पनि गराए ।
उनले सर्वसाधारणको पैसालाई आफ्नै पैसा ठानी जथाभावी लगानी नगर्न वित्तीय क्षेत्रका सन्चालकलाई आग्रह गरे ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाह, वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलगायतले व्यावसायिक भएर संस्था सन्चालन गर्न आग्रह गरे ।
जनरल फाइनान्सका अध्यक्ष पदम न्यौपानेले सर्वसाधारणको लगानी सुरक्षामा संस्थाले ध्यान दिने बताए ।
फाइनान्समा गैरआवासीय नेपालीको पनि लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्