Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


दाउफिन्स माइभ्याली गोल्डकप च्याम्पियन


0
Shares

इलाम, चैत ५ । पाँचौं संस्करणको माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी क्लब दाउफिन्सले जितेको छ ।

मंगलबार फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गर्दै दाउफिन्सले उपाधि जितेको हो ।

इलामको ठूलो टुँडिखेलमा  भएको खेलमा दाउफिन्सका यान्निक ओवाना र पेटेङले मध्यान्तरअघि नै गोल गरेका थिए ।

उपाधिसँगै दाउफिन्सले ७ लाख रुपैयाँ पुरस्कार जित्दा उपविजेता हिमालयनले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

गोलरक्षक किशोर गिरी सर्वोत्कृष्ट

प्रतियोगितामा हिमालयनका गोलरक्षक किशोर गिरी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १६० सीसीको एउटा अपाची मोटरसाइकल जितेका छन् ।

हिमालयनका त्रिदेव गुरुङ उत्कृष्ट मिडफिल्डर र सुनिल खड्का उच्च गोलकर्ता बने ।

दाउफिन्सका प्रिजर उत्कृष्ट गोलरक्षक बने ।

उत्कृष्ट डिफेन्डर दाउफिन्सका ओको वोता र उत्कृष्ट फरवार्ड पेटेंगा घोषित भए ।

विधागततर्फ उत्कृष्ट बनेकाहरुले जनही २५ हजार रुपैयाँ पाए ।