
केदार कटुवाल, ईमेज
एशियाली विकास बैंकको आर्थिक सहयोगमा ५७ किलोमिटर सडक बनाइदैछ । स्थानीयले सडकमा परेका घर तथा जमिनको ५० प्रतिशत मुआब्जा पहिलो चरणमा प्राप्त गरेका हुन् ।
सडकमा परेका घरवालाले न्यूनतम २ लाखदेखि अधिकतम ५० लाखसम्म मुआब्जा बुझेका छन् ।
काठका घर भत्काएर पक्की घर बनाउन थालेपछि सेती खोला, रामपुर, लालबाजार, सुपाडे बसाहा र आम्बासीको मुहार नै परिवर्तन भएको छ ।
जग्गाधनी प्रमाण पूर्जा नभएका सार्वजनिक जग्गामा बसोबास गरेकाले भने घर सार्नका लागि मात्र रकम पाएका छन् ।
एशियाली विकास बैंकले दिएको मुअब्जा रकम प्रति सडक क्षेत्रमा बसोबास गर्ने सन्तुष्ट देखिएका छन् । निर्माणाधीन सडक सुनसरीको नदाहदेखि चतरा, रामपुर हुँदै सप्तरीको कञ्चनपुरसम्म जोडिने छ ।
प्रतिक्रिया दिनुहोस्