
त्यहाँका एक संघीय न्यायाधीशले उनीमाथि अवैध साँठगाँठ र शंकास्पद व्यवस्थापनको आरोपलाई स्वीकृत गरेका छन् ।
न्यायाधीशले फर्नान्डेजको ६३३ मिलियन डलरको सम्पत्ति रोक्का गर्न आदेश दिएको बताइएको छ ।
यसअघि उनले त्यस्तो आरोप अस्वीकार गर्दै आएका थिए । सरकारी ठेक्काहरु उनी नजिकका ठेकेदारलाई दिएको आरोप लगाइएको छ ।
पूर्वराष्ट्रपति फर्नान्डेजले भने राजनीतिक रुपमा बदला दिनका लागि मुद्दा लगाएको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्