
बुधबार काठमाडौंमा गरिएको साक्षात्कारमा अध्यक्ष यादवले आन्दोलनका उपलब्धिलाई समाप्त पार्ने खेलमा कांग्रेस र एमाले लागेको आरोप लगाएका हुन् ।
उनले दोहोरो चरित्र नदेखाउनसमेत ठूला दलहरुलाई चेतावनी दिए ।
संविधान संशोधनपछिमात्र मुलुकमा चुनाव हुने भएकाले अहिले नै हतार गरेर मुलुकलाई विखन्डनको बाटोमा नधकेल्ने उनको सुझाव थियो ।
अध्यक्ष यादवले संविधान जारी गर्दा नै संशोधनको प्रतिबद्धता गर्ने नेताहरुले अहिले भाग्न नमिल्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्