
ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित समारोहमा उत्कृष्ट विद्यार्थीहरुलाई पदक तथा पुरस्कारसमेत वितरण गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउनु आजको चुनौती भएको बताए ।
त्रिभुवन विश्वविद्यालयबाट २०७२ साल जेठदेखि २०७३ साल असारभित्र स्नातक, स्नाकोत्तर, एमफिल तथा विद्यावारिधि उपाधि हासिल गर्ने विद्यार्थीहरुको संख्या ८३ हजार चार सय २५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्