२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


द्धारी हाइड्रोपावरले दुई महिनाभित्र विद्युत उत्पादन थाल्ने


0
Shares

तीन वर्षअघि सुरु भएको आयोजनाबाट ३ दशमलव ७५ मेगावाट विद्युत् उत्पादन हुने छ । आयोजना निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ ।

पावरहाउसको सम्पूर्ण काम सम्पन्न भएको र टर्वाईनसमेत जडान भइसकेको छ । करिव चार किलोमिटर पाईपलाईन रहेको द्वारी हाईड्रोपावरमा द्वारी खोलाको पानीलाई ४ सय १० मिटर माथिबाट खसालेर विद्युत् उत्पादन हुने छ ।

करिब ८५ करोडको लगानीमा निर्माण गर्न लागिएको यो आयोजना दैलेखको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।

आयोजना निर्माणको जिम्मा लिएको भूगोल इनर्जीका लेखापाल प्रकाश मिश्रले आगामी फागुनको अन्तिमसम्म विजुली उत्पादन सुरु गरिने जानकारी दिए ।

यहाँबाट उत्पादित विजुली दैलेखका ग्रामीण क्षेत्रमा वितरण गरिने र बाँकी अन्य जिल्लामा पठाइने भएको छ ।