बिराज रोस्यारा (इमेज)
कैलाली, चैत ४ । मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको छ ।
कुल ७ स्वर्ण, ७ रजत र १० कास्यपदकमध्ये तीन स्वर्णपदक जित्दै सुदूरपश्चिमले पहिलो स्थान हासिल गरेको हो ।
सुदूरपश्चिमले तीन स्वर्ण, एक रजत र तीन कास्यसहित कुल ७ पदक जितेको हो ।
प्रतियोगितामा प्रदेश नम्बर–१ दोस्रो भयो । एक स्वर्ण, दुई रजत र तीन कास्यसहित प्रदेश–१ ले ६ पदक पायो ।
प्रदेश नम्बर–५ एक स्वर्ण र दुई रजतपदक जित्दै तेस्रो भयो ।
पहिलो भएको सुदूरपश्चिमले नगद १५ लाख, दोस्रो भएको प्रदेश–१ ले ८ लाख र तेस्रो भएको प्रदेश–५ ले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रदेश नम्बर–२ र प्रदेश नम्बर–३ एक स्वर्ण र एक रजतपदकसहित संयुक्तरुपमा चौथो भए ।
गन्डकी प्रदेश तीन रजतपदकसहित पाँचौं हुँदा कर्णाली प्रदेश एक रजतसहित छैटौं भयो ।
सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा गएको फागुन २९ गतेदेखि यही चैत ३ गतेसम्म प्रतियोगिता आयोजना गरिएको थियो ।
सातओटै प्रदेशका खेलाडी, अफिसियल र प्रशिक्षक गरी झन्डै साढे ६०० को सहभागिता रहेको प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याडमिन्टनका महिला र पुरुषतर्फका खेल भएका थिए । फुटबल खेल भने पुरुषतर्फमात्रै गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्