२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


उत्तर प्रदेशका मुख्यमन्त्री ‘अखिलेश समाजवादी पार्टीको नयाँ अध्यक्ष’


0
Shares

आइतबार लखनऊमा भएको पार्टीको विशेष अधिवेशनले अखिलेशलाई पार्टी अध्यक्ष चयन गरेको हो । यसअघि अखिलेशका बुबा मुलायमसिंह यादव समाजवादी पार्टीका अध्यक्ष रहेका थिए ।

विशेष अधिवेशनमा अखिलेशले पार्टीमा मुलायमसिंह यादवको भूमिका अहं रहने बताए ।

अधिवेशनले अखिलेशका काका शिवपाल यादवलाई पार्टीको राज्य अध्यक्ष पदबाट हटाउने र अमर सिंहलाई पार्टीबाट निष्कासन गर्ने निर्णय पनि गरेको छ ।

अर्को महिना उत्तर प्रदेशको विधानसभा चुनावमा पार्टीको तर्फबाट उम्मेदवार चयनको विषयमा बाबु र छोराबीच विवाद बढेपछि शुक्रबार मुलायमसिंहले अखिलेशलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका थिए ।

तर, २०० सांसदले आफूहरु अखिलेशको पक्षमा रहेको बताएपछि मुलायमसिंहले शनिबार अखिलेशलाई पार्टीबाट निष्कासन गर्ने निर्णय फिर्ता लिएका थिए । (एजेन्सी)