इलाम, चैत ३ । हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार इलामको टुँडिखेलमा भएको दोस्रो सेमिफाइनल खेलमा मेची नेत्रालय काँकडभिट्टालाई ३–० ले हराउँदै हिमालयन फाइनलमा पुगेको हो ।
हिमालयनको जितमा त्रिदेव गुरुङ, रवि थापा र भीषण गुरुङले एक/एक गोल गरे ।
हिमालयनका गोलरक्षक किशोर गिरी ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
हिमालयन शेर्पाले अब उपाधि भिडन्तमा मंगलबार क्यामरुनको दाउफिन्स क्लबसित प्रतिस्पर्धा गर्नेछ । दाउफिन्स शनिबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्